गृहपृष्ठ खबर बुद्धभुमिका मेयर श्रेष्ठद्वारा राजेश स्मृति फाउण्डेशन कपिलवस्तुलाई न्यानो कपडा प्रदान

बुद्धभुमिका मेयर श्रेष्ठद्वारा राजेश स्मृति फाउण्डेशन कपिलवस्तुलाई न्यानो कपडा प्रदान

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बाणगंगा १ मा रहेको राजेश स्मृति फाउण्डेशनलाई न्यानो कपडा प्रदान गरेका छन ।

फाउण्डेशनमा रहेका युवाहरुलाई जाडोमा न्यानोे होस भन्ने उदेश्यले मेयर श्रेष्ठले न्यानो कपडा ब्लाङकेट प्रदान गरेका हुन ।

साथै सो फाउण्डेशनको भवन निमार्णका लागी नगरले दुई पटक गरी रु ६ लाख रुपैया समेत प्रंदान गरेको छ । जिल्लानै लागु औषध सेवनरहित बनाउन सबैले आआफनो ठाउबाट भुमीका निर्वाह गर्नुपर्ने मेयर श्रेष्ठको भनाई छ ।

कपडा प्रदान गर्दै श्रेष्ठले विगतमा गरेको सहयोगलाई स्मरण गर्दै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

फाउण्डेशनमा लागुऔषधमा मुछिएर रहेका युवहरुलाई बाहिरी समाजमा ल्याई सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफुले सहयोग गर्ने बताए । न्यानो कपडा वितरण गरेको भन्दै फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।

सो अवसरमा बुद्धभुमी वडा नः १ का अध्यक्ष तथा नगर प्रवक्ता तेज बहादुर बस्नेत (तिलक) तथा फाउण्डेशनका पदाधिकारीको सहभागिता समेत रहेको थियो ।

सम्बन्धित् समाचार