काठमाडौं ।
नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृह मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।
‘ मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ गतेको बैठकको निर्णयअनुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९/१२/०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारी गराइन्छ, ‘मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तर,अदालतको आदेशविपरीत माओवादी केन्द्रले जितेका विभिन्न स्थानीय तहले जनयुद्ध दिवसको नाममा फागुन १ मा धमाधम सार्वजनिक बिदा घोषणा गरेका छन्। स्थानीय तहले बिदा दिन थालेपछि पुन: आलोचना सुरू भएको छ।