गृहपृष्ठ Featured बुद्धरंगशालामा प्रथम जिल्ला स्तरिय ‘सेभेन-ए साईड’ नकआउट फुटवल प्रतियोगिता सुरु

बुद्धरंगशालामा प्रथम जिल्ला स्तरिय ‘सेभेन-ए साईड’ नकआउट फुटवल प्रतियोगिता सुरु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा अवस्थित बुद्धरंगशालामा प्रथम जिल्ला स्तरिय ‘सेभेन ए साईड’ नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । थर्ड आई ग्रुप चारनम्बरको आयोजनामा भएको उक्त प्रतियोगिता आज मंगलबारदेखि सुरु भएको खेल संयोजक रोशन सेनले वैखरीलाई जानकारी दिए ।

उनले उद्घाटन खेल आयोजक थर्ड आई ग्रुप चारनम्बर ए र सिर्जनशील युवा क्लव मोतिपुर बीच भएको जानकारी दिए । उनका अनुसार थर्ड आई ग्रुप ए ले २-० गोल अन्तरले जित हासिल गरेको छ । यस्तै लभ नेपाल पिपरा र बुद्धभूमि एफसिबीच आज नै भएको दोस्रो खेलमा लभ नेपाल पिपराले ३-० गोल अन्तरले जित हात पारेको छ ।

उनले यस प्रतियोगिता फागुन ९ गतेसम्म चल्ने बताए । उनले प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ ।

सम्बन्धित् समाचार