गृहपृष्ठ Featured पाटे बाघ मृत फेला

पाटे बाघ मृत फेला

नवलपुर ।

पूर्वी नवलपरासीको अरुणखोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । मध्यबिन्दु नगरपालिका १० अरुणखोला जंगलमा बयस्क बाघ मृत अवस्थामा फेला परेको सब डिभिजन वन कार्यालय अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले बताए ।

भाले बाघ केही दिन अगाडिनै मरेको र कुहिएको अवस्थामा फेला परेको हो । के कति कारणले बाघ मरेको हो भन्ने बिसयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

एक महिना अगाडिदेखि जिल्लाको बिनयत्रिबेणी र मध्यबिन्दु क्षेत्रमा बाघ देखिएको थियो ।

सम्बन्धित् समाचार