कपिलवस्तु ।
कपिलवस्तुमा सशस्त्र प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल्ने सशस्त्र प्रहरी हवल्दार मनोज उपाध्याय कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल २८ नम्बर गण अन्तर्गत रहेका उपाध्यायले कपिलवस्तु नगरपालिका- १२ सौराहाका २ युवासंग रकम असुली गरेको खुलेपछि उनलाई सशस्त्र प्रहरी उपरिक्षक जीवन कुमार केसीले कारबाही गरेको बताएका छन् ।
तौलिहवास्थित प्रशासन कार्यालयको गेटमा सुरक्षाका लागि खटिएका उपाध्यायलाई गणमा तानेर आवश्यक कारवाही गरिने प्रहरी उपरिक्षक केसीले बताए । छानबिन गरी सशस्त्र प्रहरी ऐन अनुसारको कारबाही गर्ने उनले बताए । हवल्दार उपाध्ययाले सौराहाका देवा मिश्रा र शिवदयाल कहारसंग रकम असुलेका थिए । मिश्रासंग हवल्दार उपाध्ययाले २० हजार रकम मागेका थिए । तर मिश्राले ९ हजार ७ सय दिएका थिए । कहारले भने १० हजार दिएका थिए ।
गत माघ १७ गते नतिजा प्रकाशित भए पनि दुबैको नामा लिस्टमा परेन । हवल्दार उपाध्ययाले लिखित र मौखिक दुबैमा पास गराउने भन्दै दुबैसंग २० हजारका दरले रकम माग गरको थिए । मिश्रा उपाध्यायको आफन्त हुन । मिश्रा फिजिकल मै फालिए पछि पटक पकट रकम फिर्ता माग गरेका थिए । तर उपाध्यायले रकम फिर्ता गर्न आनाकानी गर्दै आएका थिए । रकम फिर्ता गर्दिन जे गर्न सक्छस गर भन्दै उल्दै धम्की दिए पछि मिश्रा मंगलबार दिउसो प्रजिअ बिश्व प्रकाश अर्याल समक्ष पुगेर घटना बारे जानकारी गराएका थिए ।
धम्की दिएको समेत प्रअिज अर्याललाई सुनाएका थिए । घटना बारे जानकारी पाए लगत्तै प्रजिअ अर्यालले प्रहरी उपरिक्षक केसीलाई तत्कालै कारबाही गर्न निर्देशन दिएका थिए ।
हवल्दार उपाध्ययाले आफुले लिएको रकम फिर्ता गर्ने बताएका छन । उता यस अघि नै कहारसंग लिएको रकम भने उपाध्यायले फिर्ता गरिसकेका छन् ।








