कपिलवस्तु ।
जिल्लाको महाराजगंज नगरपालिकाको सडक लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिल्यान्यास गरेका छन् ।
ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोकदेखि दक्षिण सेमरी हुँदै शिसवा, शान्तिनगर सम्मको सडक निर्माण कार्यको मुख्यमन्त्री चौधरीले शुक्रबार शिल्यान्यास गरेका हुन् ।
सो सडकखण्डको जम्मा लागत १८ करोड भन्दा बढी छ ।
महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलाम खाँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडेल,
महाराजगंज नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कपिलवस्तुका जिल्ला प्रहरी उपरिक्षक नवरत्न पौडेल, महाराजगजं नगरपालिका वडा अध्यक्षहरु, ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कार्यालयका प्रमुख तथा इन्जीनियर लगायतको सहभागिता रहेको थियो ।
उक्त योजना लुम्बिनी प्रदेशकी पुर्व राज्यमन्त्री रिना नेपालले पारेकी हुन् ।
कार्यक्रमको सन्चालन महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले गरेका थिए । उक्त सडकखण्डको शिल्यान्यास भएसंगै महाराजगंज नगरवासी खुसी भएका छन् ।








