गृहपृष्ठ Featured बुद्धभूमिका मेयर श्रेष्ठद्वारा फ्रिड्म फाउण्डेशनलाई न्यानो कपडा

बुद्धभूमिका मेयर श्रेष्ठद्वारा फ्रिड्म फाउण्डेशनलाई न्यानो कपडा

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले फ्रिड्म फाउण्डेशनलाई न्यानो कपडा वितरण गरेका छन् ।

बाणगंगा नगरपालिका- १ मा रहेको उक्त  फाउण्डेशनमा रहेका युवाहरुलाई जाडोमा न्यानोे होस भन्ने उद्देश्यले मेयर श्रेष्ठले न्यानो कपडा ब्लाङकेट वितरण गरेका हुन् ।

जिल्लानै लागु औषध सेवनरहित बनाउन सबैले आआफ्नो ठाउबाट भूमिका निर्वाह गर्नुपर्ने मेयर श्रेष्ठको भनाई छ ।

कपडा प्रदान गर्दै श्रेष्ठले विगतदेखि नै फाउण्डेशनलाई सहयोग रेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

फाउण्डेशनमा लागुऔषधमा मुछिएर रहेका युवहरुलाई बाहिरी समाजमा ल्याई सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफुले सहयोग गर्ने बताए । न्यानो कपडा वितरण गरेको भन्दै फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ ।

सम्बन्धित् समाचार