काठमाडौं ।
कीर्तिपुर नगरपालिका-६ बाट प्रहरीले शनिबार दिउँसो १५ जनालाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट नगद ३८ हजार ५ सय ९९ रूपैयाँ समेत बरामद गरेको छ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








