गृहपृष्ठ Featured अशोक स्तम्भ जोगाउन सारियो दियो सेड

अशोक स्तम्भ जोगाउन सारियो दियो सेड

रूपन्देही ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ । ई.प. २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो ।

लुम्बिनीलाई बुद्धजन्मस्थलका रूपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।

यूनेस्को, पुरातत्वविद्हरूले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भनजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भनजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरुको सुझाव थियो, त्यही सुझाव अनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ’ उपाध्यक्ष लामाले भने ।

लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।

सम्बन्धित् समाचार