सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा अवस्थित बुद्धरंशालामा जारी प्रथम जिल्ला स्तरिय ‘सेभेन ए साईड’ नकआउट फुटवल प्रतियोगिताको उपाधिका लागी थर्ड आई ग्रुप चारनम्बर ‘ए’ र लभ नेपाल पिपरा ‘ए’ भिड्ने भएका छन् ।
सोमबार भएको पहिलो सेमिफाईनल खेलमा थर्ड आई ग्रुप चारनम्बर ‘ए’ लभ नेपाल पिपरा ‘बी’ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २ गोल गरेको थर्ड आईले दोस्रो हाफ फेरि १ गोल थपेको थियो ।
उक्त खेलमा रोशन सेन ठकुरी ‘म्यान अफ दी म्याच’ घोषणा भए ।
यस्तै लभ नेपाल पिपरा ‘ए’ र शान्ति दीप युवा क्लवबीच भएको दोस्रो सेमिफाईनल खेलमा २–० गोल अन्तरले पराजित गर्दै लभ नेपाल पिपरा ‘ए’ फाईनलमा प्रवेश गरेको हो । उक्त खेलमा अशोक रायमाझि ‘म्यान अफ दी म्याच’ घोषणा भए ।
‘म्यान अफ दी म्याच’ हुने खेलाडीले नगद एक हजारसहित ट्रफि प्राप्त गरे । थर्ड आई ग्रुप चारनम्बरको आयोजनामा भएको उक्त प्रतियोगिताको फाईनल खेल बुधबार दिउँसो २ बजे हुने खेल संयोजक रोशन सेन ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले नगद रु.३० हजार र उपविजेता टोलीले नगद रु. २० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छन् ।