गृहपृष्ठ Featured खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं ।

भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित् समाचार