गृहपृष्ठ Featured चौथो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता : महिला र पुरुष दुवैतर्फको उपाधि विजयनगरलाई

चौथो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता : महिला र पुरुष दुवैतर्फको उपाधि विजयनगरलाई

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

चौथो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिताको उपाधि विजयनगर गाउँपालिकाले जितेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंशालामा विहिबार भएको उक्त प्रतियोगिताको उपाधि विजयनगरले हात पारेको हो ।

विजयनगरले महिला ५०० किलो तौल समूह र पुरुष ६०० किलो तौल समूह महिला दुबैतर्फ उपाधि हात पारेको संघका जिल्ला अध्यक्ष खोम बहादुर थापाले जानकारी दिए । यस्तै उनका अनुसार पुरुषतर्फ बुद्धभूमि नगरपालिका दोस्रो भएको भएको छ भने महिलातर्फ बाणगंगा नगरपालिका दोस्रो भएको छ ।

विजेता उपविजेतालाई नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

सम्बन्धित् समाचार