गृहपृष्ठ Featured जनताको जीवनशैली परिवर्तन गर्न हिडेकाले मिडियाको हेडलाईनसंग डर छैन् : रवि लामिछाने

जनताको जीवनशैली परिवर्तन गर्न हिडेकाले मिडियाको हेडलाईनसंग डर छैन् : रवि लामिछाने

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको जीवनशैली परिवर्तन गर्न हिडेको आफुलाई मिडियाको हेडलाईनसंग कुनै डर नभएको बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा रास्वपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रास्वपाको यस आमसभालाई असफल पार्न विभिन्न योजना गरिएको बताउँदै भने, ‘हाम्रो कार्यक्रममा मान्छेहरु आउलान् भनेर ठाउँ ठाउँमा भोज राखिएछ । पिक्निक राखिएछ । यहाँ आउँन पैसा तिर्नुपर्छ भनेर भ्रम छरिएछ ।’ अघि उनले भने, ‘जति रोक्न सक्छौ रोक । तर अब नेपाली जनता यो भन्दा बढी रोकिनेवाला छैनन् । कसैको मासुभातले कसैको रक्सीमासुले कसैको लोभको बिटोले रोकिनेला छैनन् ।’ नेपाली जनताले परिवर्तनका लागी ठूलो त्याग तपस्या गरेको उनले बताए ।

उनले परिवर्तनकै लागी देशका विभिन्न संरचना र मानिसका सपनाहरु भत्काईएको बताए । तर आफुहरुले त्यस प्रकारको आन्दोलन र क्रान्तिमा विश्वास नराख्ने उनको भनाई छ ।

उनले संविधान र व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्दै जनतालाई दुःख नदिई आफैले दुःख गरेर परिवर्तन ल्याउने बाटोमा आफुहरु हिडेको बताए । उनले अब जनतालाई दुःख दिने दिन गएको बताए । ‘रास्वपाले जति जना सांसद छन् त्यति वटा आयोजनाहरु चुनेर दबाब यात्रा सुरु गरेको छ । आज भन्दा ३० बर्ष अघिका नेताहरुले मेलम्ची किन बनेन् ? भनेर दबाब दिएको भए सायद मेलम्ची समयमै बन्ने थियो । हाम्रो थाप्लोमा यति धेरै ऋण पर्ने थिएन्,’ उनले भने ।

उनले आफुमाथि विगतदेखि नै निरन्तर प्रहार हुदै आएको बताउँदै ति प्रहारहरु सहदैं आएको र जति सुकै बाण हाने पनि नढल्ने जिकीर गरे ।
रास्वपाको उद्य हुनुभन्दा पहिले पार्टीहरु एकअर्कामा आरापपत्यारोप गर्ने गरेको तर अहिले सबै पार्टीको तारो रास्वपा भएको उनले बताए ।

सम्बन्धित् समाचार