कुलदीप यादबले पनि चार विकेट हात पारेका थिए । रविन्द्र जडेजाले एक विकेट लिएका थिए । इङ्ल्यान्डका लागि दोस्रो पालीमा ओपनर ज्याक क्रावलीले सर्वाधिक ६० र जोनी ब्रेस्टोले ३० रन बनााएका थिए । त्यसअघि भारत आफ्नो पहिलो पालीमा तीन सय सात रन बनाउँदै अलआउट भएको थियो । भारतीय टोली पहिलो पालीमा इङ्ल्यान्डसँग ४६ रनले पछाडि परेको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले भने पहिलो पालीमा तीन सय ५३ रन बनाएको थियो ।
भारतका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेलले ९० रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका विकेटकिपर ब्याट्सम्यान जुरेलले एक सय ४९ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काएका थिए । २३ वर्षीय जुरेलले इङ्ल्यान्डविरुद्धको यही शृंखलामार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । केवल दोस्रो टेस्ट खेलिरहेका जुरेलले बनाएको यो पहिलो अर्धशतक पनि हो । यसअघि खेलेको एकमात्र टेस्टमा उनले ४६ रन बनाएका थिए ।
भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले पनि ७३ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । शुभमन गिल ३८ रन बनाउँदै आउट भए भने कुलदीप यादबले २८ रन बटुले ।
भारतले अतिरिक्त रुपमा २३ रन पाएको थियो । इङ्ल्यान्डका बलर सोएब बसिर एक्लैले पाँच विकेट लिए । उनले ४४ ओभरमा आठ मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । टम हर्टलीले तीन र जेम्स एन्डर्सनले दुई विकेट लिएका थिए । पाँच टेस्टको शृंखलामा भारत २–१ ले अगाडि छ ।