गृहपृष्ठ Featured रुपन्देहीको देवदहमा भएको आक्रमणको चौतर्फी विरोध

रुपन्देहीको देवदहमा भएको आक्रमणको चौतर्फी विरोध

प्रकाशित मिति:

रुपन्देही ।

रुपन्देहीको देवदह नगरपालिकामा सोमबार केही वडाध्यक्षहरूकै नेतृत्वमा कार्यालयभित्र हुल हुज्जत गर्ने, नगर प्रमुख, कार्यकारी अधिकृतमाथि हातपात प्रयास र कार्यालयमा तोडफोड गर्नेमाथि चौतर्फी आलोचना भएको छ ।

नगरपालिकाले मङ्गलवार कार्यपालिका बैठक बसेर जनप्रतिनिधिको नेतृत्वमा कार्यालय समयमा भएको गम्भीर अपराधप्रति खेद प्रस्ताव पारित गर्दै यस विरुद्ध कानुनी उपचार खोज्ने बताएको छ ।

कार्यपालिका बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृतमाथि ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरूप नगरपालिकाभित्र हुल हुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गर्ने काम भएको भन्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए ।

नगरपालिकाले सबै काम कानुनसम्मत, पारदर्शी र विधि प्रक्रिया पुर्‍याएर गरेको अवस्थामा केही वडाअध्यक्ष र व्यक्तिहरूले आफ्नो निहित स्वार्थ सिद्द गर्ने उद्देश्य अनुरूप तालाबन्दी गर्ने र गैरकानुनी उच्छृङ्खल गतिविधि गरेको भन्दै नगरप्रमुख खरेलले हरेक विषयमा सर्वसम्मत निर्णय सम्भव नभएको र सर्वसम्मत नभएको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने प्रचलन र अभ्यास सर्वत्र रहेको बताए ।

सोमबार रुपन्देहीको देवदहमा जनप्रतिनिधिहरूले नै अराजक शैलीमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरेका थिए ।

सम्बन्धित् समाचार