गृहपृष्ठ Featured बाणगंगा : नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि दिया गिरीले जितिन्

बाणगंगा : नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि दिया गिरीले जितिन्

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको मावि तहतर्फको नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि दिया गिरीले जितेकी छिन् । उक्त प्रतियोगिता शुक्रबार बाणगंगा नगरपालिकाको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा भएको हो ।

जनज्योति मावि मोतिपुरमा कक्षा १२ मा अध्ययरत छात्रा गिरीले उपाधि हात पारेसंगै उनलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै अन्नपुर्ण विद्या मन्दिरकी छात्रा कसम खरेल द्धितीय, बाणगंगा माविकी छात्रा परिना परियार तृतीय र ज्ञानपुञ्ज ईग्लिस बोर्डिङ्गकी छात्रा दिक्षा खनालले सान्त्वना स्थान हासिल गरेकी छिन् ।

विजेतालाई बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, निर्णायकहरु रमेश पौडेल, उज्जल अधिकारी, कृष्ण घिमिरेले नगदसहित प्रमाण पत्रले सम्मान गर्नुभएको थियो ।

“डिजिटल समाजमा साईबार क्राईमले पारेको असर र निराकण” विषयक उक्त वक्तृत्वकला प्रतियोगिता बाल मावि बैरियामा भएको हो ।

सम्बन्धित् समाचार