गृहपृष्ठ Featured निजामती सेवा ऐनको अभावमा सार्वजनिक प्रशासन गतिहीन बन्यो : प्रकाश भट्टराई

निजामती सेवा ऐनको अभावमा सार्वजनिक प्रशासन गतिहीन बन्यो : प्रकाश भट्टराई

कपिलवस्तु ।

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा संगठन विस्तार तथा सुदृढीकरण अभियान सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईको निजामती सेवा ऐनको अभावमा तिनै तहका कर्मचारीले वृत्ति विकासमा बाधा उत्पन्न हुनुका साथै नेपालको सार्वजनिक प्रशासन गतिहीन भएको बताउनु भएको छ।

उहाँले नागरिक आकांक्षालाई सम्बोधन गर्न सक्षम प्रशासन संयन्त्र निर्माणका लागि तिनै तहका कर्मचारीको मनोबल बढ्ने गरी सङ्घीय निजामती ऐन जारी गराउनका लागि कर्मचारी युनियन प्रयासरत रहेको जानकारी दिँदै कर्मचारीको पक्षमा आवाज उठाउनका लागि ट्रेड युनियन आवश्यक भएको धारणा राख्नु भएको थियो ।

सो अवसरमा कार्यक्रम विशिष्ठ अतिथि नेपाली कांग्रेसका जिल्ला सहसचिव बजित अमतले कर्मचारीले भोग्नु परेका समस्या समाधानमा नेपाली कांग्रेस सदैव तत्पर रहेको जानकारी गराउनु भएको थियो। कार्यक्रममा युनियनका पूर्व अध्यक्ष धनजय नेपालले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमका अवसरमा कर्मचारी युनियन जिल्ला कार्यसमिति कपिलवस्तुका पुर्व अध्यक्ष स्वर्गीय राजेन्द्र श्रीवास्तव ज्युलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । यसैगरी पुर्व जिल्ला अध्यक्ष श्री धनन्जय नेपाललाई सेवानिवृत जिवनको शुभकामना सहित प्रशंसा पत्र प्रदान गरिएको थियो।

जिल्लामा सरुवा भई आउनु भएका कर्मचारीको स्वागत पनि गरिएको थियो। नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुका अध्यक्ष झक बहादुर आलेको अध्यक्षता तथा उपाध्यक्ष नवीन खनालको सञ्चालन एवं महाधिवेशन प्रतिनिधि रामकृष्ण तेलीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा युनियन लुम्बिनी प्रदेश कार्यसमितिका उपाध्यक्ष बजिर आलम, सल्लाहकार विष्णु भक्त थापा, महाधिवेशन प्रतिनिधिहरु रामकृष्ण तेली, निराजन लम्साल, शोभाखर भण्डारी, गणेश कार्की, प्युठानका महाधिवेशन प्रतिनिधि खेमराज भट्ट, अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि रवि अर्याल, कर्मचारी युनियन रसुवाका पूर्व अध्यक्ष रमेश गौड, नेल्टाका केन्द्रीय सदस्य भोजराज पाण्डे, स्वास्थ्य कर्मी संघ जिल्ला अध्यक्ष डोल विक्रम बेल्बासे, सल्लाहकार अर्जुन कुँवर, जिल्ला कार्यसमिति का पदाधिकारी सदस्यहरू, अधिकृतहरु आलोक अग्रहरी, ऋषब देव अर्याल, विभिन्न स्थानीय कार्यसमितिका पदाधिकारी सदस्यहरूलगायतका युनियन कर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागी युनियन संबद्ध कर्मचारीहरुले जिल्लामा युनियनको सांगठनिक अवस्था, गतिविधि तथा समस्याहरूको बारेमा भनाइ राख्नु भएको थियो भने जिल्ला अध्यक्ष झक बहादुर आलेले जिल्लाको समग्र वस्तुस्थितिको बारेमा प्रकाश पार्दै कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सम्बन्धित् समाचार