रुपन्देही ।
बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मध्यरात आएका ५-७ जनाको समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरूको चिर्पट दाउराको प्रहारबाट जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।
अज्ञात समूहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्धार सहित खोजी अभियान थालिएको एसपी बोहराले बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खजुरारोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको अनुमान गरिएको छ ।








