काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टी सिध्याउने खेल भएको टिप्पणी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात अध्ययन गर्दा राजनीतिक दल सम्बन्धि ऐन विपरित भएको नयाँ कार्यसमितिलाई मान्यता नदिएपछि चौधरीले आफूलाई पार्टीको अध्यक्षको वैधानिकता नदिएको आपत्ति जनाएका हुन्।
अदालतबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका चौधरी सरकारबाट आममाफी पाएपछि कैलालीको टिकापुरमा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । पछिल्लो विवरण अध्यावधिक नभएकाले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टीको साविकको विवरण नै कायम रहने निर्वाचन आयोगले जनाएको छ। यसअघि चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन्। उनको कार्यसमितिलाई आयोगले मान्यता दिएको छ।








