गृहपृष्ठ Featured हेलिकोप्टर चार्टर गरेर पल शाह पुगे रुकुम महोत्सवमा

हेलिकोप्टर चार्टर गरेर पल शाह पुगे रुकुम महोत्सवमा

सुर्खेत ।

नायक पल शाहले रुकुम पश्चिममा आयोजित महोत्सवमा प्रस्तुति दिएका छन् । उनी आज हेलिकोप्टर चार्टर गएर कार्यक्रमस्थल गएका हुन् ।

रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह-आयोजनामा सञ्चालन भएको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सवमा आज पलले प्रस्तुति दिएका हुन् । मुसिकोट नगरपालिका– १ खलङ्गाको बराहटाकुरामा फागुन १८ गतेदेखि महोत्सव आयोजना भइरहेको छ ।

पल शाहलाई ल्याउन हेलिकोप्टर चार्टरको व्यवस्था आयोजकले मिलाएको थियो । पलले एक लाखभन्दा बढी पारिश्रमिक पनि लिएको बताइएको छ ।

हेलिकोप्टर चार्टरका लागि ५ लाख खर्च गरिएको उद्योग वाणिज्य संघका महासचिव अनिल बुढाले जानकारी दिए ।

सम्बन्धित् समाचार