गृहपृष्ठ Featured लुम्बिनीमा नयाँ गठबन्धनलाई बहुमत

लुम्बिनीमा नयाँ गठबन्धनलाई बहुमत

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धन दललाई ३ सांसद रहेको जसपाले साथ दिने भएपछि बहुमतको तौल पुगेको छ । यसअघि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एमाले र माओवादीबाहेक साना दलको साथ लिएर प्रदेश सभामा विश्वासको मत जुटाउने प्रयास थालेका थिए ।

अहिलेसम्म साना दल सरकारमै रहेको र राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता नलिने विश्वासमा रहेका चौधरीले राप्रपाको समर्थन लिने प्रयास गरिरहेका थिए । तर ३ सांसद रहेको जसपाले केन्द्रमा सत्ता साझेदारी गरेपछि मुख्यमन्त्री चौधरीको बहुमत पुग्ने संभावना टरेको हो । चौधरीले विश्वासको मत जुटाएरै अघि बढ्ने तयारी सुरुकै दिनबाट गरेका थिए ।

चौधरीलाई बहुमत पुराउन एमाले, माओवादी, बाहेकका सबै शक्ति आवश्यक पर्छ तर १ सांसद रहेको स्वतन्त्र, १ सांसद रहेको नेकपा एस र ३ सांसद रहेको जसपाले समेत नयाँ गठबन्धनमा साथ दिने निश्चित भएपछि त्यो आशा सकिएको छ । जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले केन्द्रमा भएको समीकरण अनुसार नै प्रदेशमा सहकार्य अघि बढ्ने बताए ।

एमालेले पनि सरकार बनाउने तयारीका साथ राप्रपा, जसपा, एकीकृत र जनमोर्चासँग छलफल गरिरहेको छ । लुम्बिनी प्रदेशसभामा सहभागी १० मध्ये ८ दल र एक स्वतन्त्रसमेत गरी ५४ मतको समर्थनमा चौधरी गत वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखसहित ११ सांसद रहेको माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएपछि मुख्यमन्त्री ४३ मतका साथ अल्पमतमा परेका हुन् ।

सम्बन्धित् समाचार