चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बेलायतमा एक ‘अन्तर्राष्ट्रिय अवार्ड’ प्राप्त गरेकी छन्। बेलायती तल्लो सदन हाउस अफ कमन्सको टेरास पेभिलियनमा बिहीबार साँझ आयोजित समारोहमा उनले ‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहण गरेकी हुन्।
इपीजी नामक आर्थिक तथा रणनीतिक परामर्श फर्मको आयोजनामा विगत १६ वर्षदेखि वितरण हुँदै आएको पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डको होस्ट बेलायती सांसद भ्यालिरी भाज हुन्।
सोही अवार्डअन्तर्गत् इन्टरनेसनल मेयर विधामा यस वर्ष पहिलो पटक नेपालबाट दाहाललाई अवार्ड दिइएको हो।








