गृहपृष्ठ Featured बलिउड अभिनेता गोविन्दा रौतहटमा गुञ्जिए

बलिउड अभिनेता गोविन्दा रौतहटमा गुञ्जिए

काठमाडौं ।

बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन् । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे ।

पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए ।

दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन सेत गोविन्दाले दिए ।

सम्बन्धित् समाचार