वीरगन्ज ।
दाइजोमा बेहुली पक्षले बेहुलालाई सुनको सिक्री नदिएको विषयमा विवाद हुँदा वीरगन्जमा एउटा बिहेनै भाँडिएको छ । वीरगन्ज महानगरपालिका -२४ रामगढवामा सोमबार राति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भए बिहेनै भाँडिएको हो ।
बिहेभाँडिएपछि प्रहरीले बेहुला उमेश,उनका बुबा बच्चालाल,दाजुहरु राकेश साह र मुकेश साह,भिनाजु आनन्द साहसहित बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको छ । बिहेचल्दै गरेका बेला बेहुला र बेहुली पक्षबीच विवाद भएको खबर आएपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा झिकाएर छलफल गर्दा पनि सहमति नजुटेपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले बताए ।








