काठमाडौं ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्राकृतिक स्रोत-साधनको वैज्ञानिक र दीगो उत्खनन तथा उपयोग गर्ने विषयमा नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद बैठकमा निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले वातावरणीय प्रभाव नपर्ने गरी ठूला चट्टानी पहरादेखि वन सम्पदाको उपयोग गर्न सक्दा त्यसले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिने बताए ।
वनमा रुखहरु कुहिँएर गएका तर फर्निचर आयात बढ्दै गएको उल्लेख गर्दै सांसद घिमिरेले वातावरणीय असर नपर्ने गरी मौंजुदा प्राकृतिक स्रोत साधनको कानूनसम्मत उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।








