गृहपृष्ठ Featured भारत भाग्न खोज्दा महरा कपिलवस्तुबाट पक्राउ परेको खुलासा

भारत भाग्न खोज्दा महरा कपिलवस्तुबाट पक्राउ परेको खुलासा

सोमबार अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भारत भगाइन खोज्दा बाटैमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परे ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भगाउन खोजेका थिए ।

महरालाई भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी-१ पकडिबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रशासनले यहाँ उनलाई कुनै पनि बेला समात्ने भइसकेपछि  पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले उनलाई  भारत तर्फ भाग्न सहज हुने गरि काठमाडौँ छोड्न लगाएका थिए । कतिपयले उनी रोल्पा तिरै भूमिगत हुनै क्रममा कपिलवस्तुको बाटो हुँदै रोल्पा जान खोजेको बताए पनि उच्च स्रोतले भारत तर्फ भग्न लागेको दाबी गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ ।

सम्बन्धित् समाचार