गृहपृष्ठ Featured ‘लुम्बिनीका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपुर्‍याउने गरी विकास गर्न सुझाव’

‘लुम्बिनीका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपुर्‍याउने गरी विकास गर्न सुझाव’

रूपन्देही ।

लुम्बिनीका पुरातात्विक क्षेत्रको संरक्षण र सम्पदालाई हानी नपुर्‍याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्वन विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीन दिने कार्यशालामा सहभागीले यस्तो सुझाव दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्व विभाग र यूनेस्कोको आयोजनामा आइतबारदेखि मंगलबारसम्म कार्यशाला भएको थियो । लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटेलमा भएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपुर्‍याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

कार्यशाला समापन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले अन्र्तराष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्धजन्मस्थल विश्वभरका एक अर्बभन्दा बढी मानिसहरुको आस्थाको केन्द्र समेत भएकाले त्यसलाई पनि मध्यनजर गरी सुझावहरु दिन आग्रह गरे । उनले लुम्बिनी जस्तै पुरातात्विक स्थलहरु अन्य देशमा पनि रहेकाले त्यहाँ जसरी नै यहाँ पनि तीर्थलुहरुका लागि न्यूनतम सुविधा दिने बिषयमा छलफल गर्नुपर्नेमा जोड दिए ।

यूनेस्को जापानिज फन्ड ईन ट्रष्टको सहकार्यमा यूनेस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा विगत १४ बर्षदेखि काम गर्दै आइरहेको छ । सोही परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ ।

सम्बन्धित् समाचार