गृहपृष्ठ Featured रुपन्देहीमा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

रुपन्देहीमा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

भैरहवा ।

ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर सामान तस्करी गर्न खोज्ने व्यक्त पक्राउ परेका छन् । भारतबाट भन्सार छलेर ब्रोइलर कुखुरा भित्र्याइरहेको जानकारीपछि आइतबार जिल्ला प्रहरीबाट खटिएको टोलीलाई नगद दिन खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीलाई अनुचित प्रभावमा पार्न खोजेको आरोपमा भारतको महाराजगन्ज थाना सुनौलीका ४५ वर्षीय सोनु मुसलमान पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार रुपन्देहीको सिद्धार्थनगर–६, स्थित गल्लामण्डीको पिप्रहवा हुँदै आउजाउ गर्ने सवारीका साधन रोकेर जाँच गर्नेक्रममा कुखुरा भित्र्याइरहेकालाई रोकेर सोधपुछ गर्दा ती व्यक्तिले नगद दिन खोजेपछि पक्राउ गरिएको हो ।

पक्राउ गरिएका व्यक्तिलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । जिल्लाबाट खुला नाकाबाट तरकारी र कुखुरा तस्करी हुने गरेको सूचनापछि प्रहरीले कडाइ गरेको छ ।

सम्बन्धित् समाचार