वैखरी अनलाईन, बाणगंगा ।
प्यासन फाउन्डेसनको कपिलवस्तु शाखाले विद्यार्थी भिसामा बाहिर अध्ययनमा जानेहरुलाई आवश्यक पर्ने पूर्वतयारी कक्षाहरू निःशुल्क संचालन गराउने भएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा रहेको प्यासन फाउन्डेसनले कपिलवस्तुमै पहिलो पटक अनुभबि प्रशिक्षकद्वारा जापानीज भाषा, आईएल्स र पिटिईका तयारी कक्षाहरू निशुल्क संचालन गर्न लागेको फाउन्डेसनका सिईओ पुष्पराज पहराईले जानकारी दिए ।
उनले विधार्थीहरुले पूर्व तयारी कक्षाका निम्ति कुनै पनि शुल्क तिर्न नपर्ने उनले स्पष्ट पारे । उनले प्यासन फाउन्डेसनबाट २०२४ को अप्रिल इन्टेकमा एप्लाई गरेका झण्डै ९० प्रतिशत भन्दा बढी विद्यार्थीको सीओई प्राप्त भएको बताए । १० वर्षअघि काठमाण्डौंको बागबजारमा खुलेको प्यासन फाउन्डेसनले राजधानीसहित देशभर ७ वटा शाखा विस्तार गरेको उनले जानकारी दिए ।
उनले राजधानीको बागबजार, पुतलीसडक, गंगबु र चाबहिल, सामाखुसीमा शाखा रहेको जानकारी दिदैं राजधानी बाहिर कपिलवस्तु र बुटवलमा प्यासन फाउण्डेशनले शाखा विस्तार गरेको बताए ।
हाल प्यासन फाउन्डेसनमा विभिन्न भाषाका तयारी कक्षाहरु धमाधाम संचालन भईरहेका छन् ।








