गृहपृष्ठ Featured नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने

गोरखा ।

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।

गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए । उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ जना सेना सहभागी हुनेछन् ।

‘पृथ्वीनारायण शाहाले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाईमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुन्छन्,’ उनले भने, ‘आ–आफ्नो पल्टनको झण्डासहित उनीहरु यात्रामा निस्कन्छन् ।’

गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहूँलाई हस्तान्तरण गर्ने र तनहूँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोलि जितगढीमा पुगेर बिजय उत्सवमा सहभागी हुन्छ,’ गणपती क्षेत्रीले भने ।

उनका अनुसार नेपाल र तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनी बीच भएको लडाइमा बिजय प्राप्त गरेको दिन (बैशाख ७ गते) लाई बिजय उत्सवको रुपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा शुरु गर्न लागिएको बताइएको छ ।

सम्बन्धित् समाचार