गृहपृष्ठ Featured नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो २२३ रनको विशाल लक्ष्य

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो २२३ रनको विशाल लक्ष्य

काठमाडौँ ।

आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो ।

आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।

आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक-एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा रोस आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो ।

सम्बन्धित् समाचार