गृहपृष्ठ Featured ट्याक्सी दुर्घटना : मृत्यु हुने सबैको पहिचान खुल्यो, एक बेपत्ता

ट्याक्सी दुर्घटना : मृत्यु हुने सबैको पहिचान खुल्यो, एक बेपत्ता

चितवन ।

आज त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ । उनीहरु सबै गोरखा घर भएका बुझिएको छ । मृतक मध्ये ४ जना एकै परिवारका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।
१८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।

भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार