गृहपृष्ठ Featured युनाइटेड ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

युनाइटेड ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

प्रकाशित मिति:

काठमाडौं ।

प्रिमयर लिगमा म्यानचेष्टर युनाइटेड ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको छ । दुवै टोलीले इन्जुरी टाइममा गोल गरेका थिए । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा मासोन माउन्टले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए ।

उनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए । तर, इन्जुरी टाइमको नवदा मिनेटमा के अजेरले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काएपछि युनाइटेड जितबाट बन्चित रह्यो ।

बराबरीपछि युनाइटेड २९ खेलबाट ४८ अंकसहित छैटौं स्थानमै छ । ब्रेन्टफोर्ड ३० खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलमा चेल्सीले बर्नलीसँग २-२ को बराबरी खेलेको छ भने टोटनहमले लुटन टाउनमाथि २-१ को पुनरागमन जित निकालेको छ ।

यस्तै न्यूक्यासलले वेष्टहम युनाइटेडलाई ४-३ ले एस्टन भिल्लाले वुल्भ्सलाई २-० ले, बर्नमाउथले एभरटनलाई २-१ ले पराजित गरेका छन् ।

यस्तै शेफिल्ड युनाइटेड र फुलहमले ३-३ तथा नटिङहम फरेस्ट र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेलेका छन् ।

सम्बन्धित् समाचार