काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे विशाखापटनममा शुरु हुनेछ ।
यो सिजनमा कोलकाताले खेलेका दुवै खेल जितेको छ भने दिल्लीले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । कोलकाता अङ्क तालिकाको दोस्रो र दिल्ली सातौँ स्थानमा छ ।
काेलकाता र दिल्लीबीच अहिलेसम्म ३२ खेल भएकाेमा दुवै टाेलीले समान १६ खेल जितेका छन् । काेलकाताले सन् २०२१ र २०१४ मा गरी दुई पटक उपाधि जित्दा दिल्ली अहिलेसम्म विजेता बन्न सकेकाे छैन ।








