गृहपृष्ठ Featured कपिलवस्तुमा टिप्परको ठक्करवाट सहचालकको मृत्यु

कपिलवस्तुमा टिप्परको ठक्करवाट सहचालकको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका- ९ मा टिप्परको ठक्करवाट एक युवकको मृत्यु भएको छ । ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट सोहि गाडिका सहचालकको मृत्यु भएको हो ।

मृतक युवक विजयनगर गाँउपालिका- २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको रहेको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले जनाएको छ ।

मृतक मुस्लमानको शव पोष्टमार्टमको लागी शिवराज आधारभुत अस्पताल चन्द्रौटामा राखिएको छ । ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले वताएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित् समाचार