पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, निकासीमा सडक छेउबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाएका ७० वर्षीय वृद्ध किसान विश्वकर्माको मृत्यु भएको छ ।
राजमार्ग छेउ नालीमा अचेत अवस्थामा भेटिएका वृद्धलाई उपचारकार लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकामा सोमबार मृत्यु भएको प्रहृरीले जनाएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका घर भई रुपन्देही बुटवल उपमहानगरपालिका–१३, बेलबास बस्ने विश्वकर्मा भएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
सडक छेउको नालीमा घोप्टो परेको अवस्थामा अचेत भेटिएका विश्वकर्मालाई दोभानस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल पठाएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहृरीले जनाएको छ ।








