गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

कपिलवस्तुको बाणगंगामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १० मा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

वडा नं. १० पटनाको बनगवा गाउँमा राजाराम थारुका छोरा २ वर्षीय विवान्स थारुको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित् समाचार