गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको मायादेवीमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

कपिलवस्तुको मायादेवीमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

प्रकाशित मिति:

कपिलवस्तु ।

जिल्लाको मायादेवी गाउँपालिका- २ भैंसकुण्डामा गहुँ खेतीमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघामा लगाईएको गहुँ नष्ट भएको छ ।

बुधबार कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने क्रममा गहुँ खेतीमा आगो लागेको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन समेत पूर्णरुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले ५ जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको जानकारी दिए ।
उनले प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जानकारी दिए । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

सम्बन्धित् समाचार