काठमाडौं ।
अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो ।
१९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए ।








