गृहपृष्ठ Featured पूर्वराजा ज्ञानेन्द्र शाह बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा

पूर्वराजा ज्ञानेन्द्र शाह बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा

प्रकाशित मिति:

गुलरिया ।

पूर्वराजा ज्ञानेन्द्र शाह बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज आइपुगेका छन्। मध्यपश्चिम नेपालको भ्रमणमा रहेका उनी बिहीबार अपरान्ह बर्दिया पुगेका हुन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा दिउँसो ३ बजे निकुञ्ज प्रवेश गरेका शाहसँगै ४ वटा जीपमार्फत सफारी गरेका छन्। उनीसँगै पारसलगायत अन्य परिवारका सदस्यहरू निकुञ्ज अवलोकन गरेका हुन्। बर्दिया आएका शाहको टीमले जंगलभित्रै खाजा खाने, कुरेरै बाघ हेर्ने र आजै फर्किने कार्यतालिकाबमोजिम निकुञ्ज भ्रमण गरेका हुन्। टोलीले हात्ती, चित्तल, चरालगायतका वन्यजन्तुको अवलोकन गरेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पूर्वराजा शाहलगायत १९ जनाको टीमले करिब ३ घण्टा समय विताएको पन्छीविज्ञ एवं वरिष्ठ प्रकृति पथप्रर्दशक रामबहादुर शाहीले बताए। पूर्वराजाको टोलीले निकुञ्जभित्रको बघौरा फाँटा हुँदै बालकोनीमा पुगी खाजा खाएका थिए।

खाजापश्चात गणेश ताल, धनेस ताल, खोदाउ तालहुँदै लम्कौली फाँटा भएर पूर्व राजाको भ्रमण टोली फर्किको मुख्य गाइड शाहीले बताए।

सम्बन्धित् समाचार