गृहपृष्ठ Featured लुम्बिनी प्रदेश प्रमुखको भूमिकामाथि डिल्ली चौधरीले उठाए प्रश्न

लुम्बिनी प्रदेश प्रमुखको भूमिकामाथि डिल्ली चौधरीले उठाए प्रश्न

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले मागेको विश्वासको मतमाथि बोल्दै शुक्रबार उनले प्रदेश प्रमुखकै कारण संघीयता जोखिममा परेको आरोप लगाएका हुन् ।

प्रदेश प्रमुखले संविधानमुखी नभई पार्टीको अनुकूल, आफू अनुकूल निर्णय गर्दा संघीयता नै संकटमा परेको चौधरीको आरोप छ ।

आफ्नो प्रदेश प्रमुख भएपछि जे पनि गर्न मिल्ने, अर्काको भएपछि संविधान पल्टाउनुपर्ने विगतको खेल अहिले पनि सुरू भएको बताउँदै चौधरीले भने, ‘यो एउटा प्रदेशमा मात्रै होइन, सबै प्रदेशमा सुरू भएको छ । त्यसले हामीलाई कहाँ पुर्‍याउँछ ? प्रदेश प्रमुखले नै संघीयता खान्छन् कि भन्ने देखिन्छ ।’

चौधरीले अगाडि भने, ‘लाग्छ कि अब त हाम्रो प्रदेश प्रमुख भगवान नै हुन् कि जस्तो ! संविधान पनि पल्टाउनु नपर्ने, कानुन पनि पल्टाउनु नपर्नेजस्तो चिजहरू पनि आउन थालेका छन् ।’

चौधरीले राष्ट्रपति र प्रदेश प्रमुखले सबैभन्दा धेरै संघीयता र संविधानको मर्म, भावना बुझ्नुपर्ने सुझाए । अब पनि प्रदेश प्रमुखहरूले आफूखुसी संविधान र संघीयताविरोधी काम गर्दैै गए संघीयता नै नरहने स्थिति आउने चेतावनी दिए ।

‘अब हुने प्रदेश प्रमुखहरू साँच्चै संविधानलाई माया गर्ने बनाउन सक्छौं कि सक्दैनौं ? त्यसले पनि संघीयताको मर्म र भावनालाई अगाडि बढाउँछ भन्ने मलाई लाग्छ’, उनले भने ।

सम्बन्धित् समाचार