गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकामा मेयर कप सुरु

लुम्बिनी साँस्कृतिक नगरपालिकामा मेयर कप सुरु

प्रकाशित मिति:

लुम्बिनी साँस्कृतिक नगरपालिकामा ‘मेयर कप क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । नगरपालिकाले आयोजना गरेको उक्त मेयर कप आज आईतबार एक भव्य उद्घाटन कार्यक्रमकाबीच सुरु भएको हो ।

प्रतियोगिताको नगर प्रमुुख सजरुद्दिन मुसलमानले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रम नगर प्रमुुख सजरुद्दिन मुसलमानको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यता, लेखा अधिकृत राम चन्द्र अर्याल, शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, स्वास्थ्य शाखा ध्रुव घिमिरे, नगर सल्लाहकार सईद खानको आतिथ्यता तथा सम्पुर्ण वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगिताले समग्र लुम्बिनीवासीको खेलप्रतिको लगाव बढाउने विश्वास लिईएको छ ।

सम्बन्धित् समाचार