गृहपृष्ठ Featured भारतमा एक्सका २ लाख खाता निषेधित

भारतमा एक्सका २ लाख खाता निषेधित

प्रकाशित मिति:

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सले भारतमा २ लाख भन्दा बढी खाता रोक्का गरेको छ । आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले यही फेब्रुअरी २६ देखि मार्च २५ को बीचमा भारतमा २ लाख १३ हजार खातामा प्रतिबन्ध लगाएको हो ।

बाल यौन शोषण र नग्नतालाई बढवा दिएको लगायत कारणले खाता बन्द गरिएका हुन् । यस बाहेक आतङ्कवादलाई बढवा दिने एकाउन्टमाथि पनि रोक लगाइएको छ ।

समीक्षा अवधिमा कुल २ लाख १२ हजार ६२७ खाताहरू प्रतिबन्धित भएको रिपोर्टमा उल्लेख गरिएको छ । केही खाताहरू भने एक्समा गैर कानुनी सामग्री शेयर गरिएका कारण प्रतिबन्धमा परेका हुन् ।

सम्बन्धित् समाचार