गृहपृष्ठ Featured रूपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू

रूपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू

प्रकाशित मिति:

रूपन्देही ।

रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रकृया अघि बढेको छ । नेपाल आयल निगम लिमिटेडले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको कार्य शुभारम्भ गरेको हो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले बुधबार संयुक्त रुपमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

रोहिणीका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताए । उनले स्थानीयलाई रोजगारी दिनेतर्फ ध्यान पुर्याउन नेपाल आयल निगमलाई आग्रह गरे । उनले भने, ‘यो परियोजना यहाँ सञ्चालन हुने भएकाले खुसी र्छौ । स्थानीयबासी मर्कामा पर्नुभएन ।’

विगतमा जग्गासम्बन्धी विवाद भएकाले भएका समस्या समाधान गर्दै र समस्या नआउने गरी अघि बढ्न उनले सुझाव दिए । आफूहरु जनताको प्रतिनिधि भएकाले जनताको पक्षमा काम हुनुपर्ने मान्यता राख्दै आएको उनको भनाइ छ ।

ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादवले पेट्रोलियम भण्डारण गृह निर्माण भएसँगै यस क्षेत्रको विकास हुने र रोजगारी सिर्जना हुने बताए । उनले रोजगारीमा स्थानीयलाई नै प्राथमिकता दिन आग्रह गरे ।

सम्बन्धित् समाचार