गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकार : एमालेबाट कपिलवस्तुका केसी मन्त्री बन्दै

लुम्बिनी प्रदेश सरकार : एमालेबाट कपिलवस्तुका केसी मन्त्री बन्दै

प्रकाशित मिति:

बुटवल ।

नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् । एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई  सरकारमा पठाउने  निर्णय गरेको छ ।

कपिलवस्तुका केसी वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्का भएको बताईएको छ ।

यसअघि एमालेबाट चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेबाट मन्त्री बन्नेकाहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी छ ।
लुम्बिनीमा यसअघि चार सदस्यीय  मन्त्री मण्डल गठन भएको छ।
एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त  गर्ने तयारी भईरहेको छ ।

सम्बन्धित् समाचार