गृहपृष्ठ खबर आज नेविसंघको ५५औँ स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र

आज नेविसंघको ५५औँ स्थापना दिवस : पालिकालाई बुझाइयो शैक्षिक सुधारको ज्ञापनपत्र

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५औँ स्थापना दिवसमा कपिलवस्तुका १० स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलले जिल्लाका १० वटै पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको वैखरीलाई बताए ।

विहिबार बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललाई अध्यक्ष पोख्रेलसहित नेपाल कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बराल तथा विधार्थी नेताहरुले ज्ञापन पत्र बुझाएका हुन् । यसैगरि नेविसंघले जिल्लाका अन्य पालिकामा पनिसुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर अर्यालले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने तयारीमा लाग्ने बताए । उनले बाणगंगामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेता अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताए ।

विहिबार देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित् समाचार