कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा एक जना पुरुषको अपहरण पश्चात् हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका- २ स्थित बिद्यालय ९मदरसा०को कोठाभित्र हत्या गरि बाँधेर फालिएको अवस्थामा शव फेला परेको हो ।
मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरि हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ बर्षीय जमाल अहमदको अपहरण पश्चात हत्या भएको बताईएको छ ।
शंका लागेर नियन्त्रणमा लिइएका तीन जनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले बताए । घटनाको अनुसन्धान जारी छ ।








