गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा एसईइको उत्तरपुस्तिका परिक्षण गर्न सुरु

कपिलवस्तुमा एसईइको उत्तरपुस्तिका परिक्षण गर्न सुरु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा एसईइ (माध्यमिक शिक्षा परिक्षा) उत्तरपुस्किाको परिक्षण कार्य सुरु गरिएको छ ।

शुक्रवारदेखि तौलिहवास्थित शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुको कार्यालयमा पुस्तिाका परिक्षण सुरु भएको हो । शुक्रवार ४० बढी शिक्षकहरु परिक्षण कार्यमा सरिक रहेको ईकाका शिक्षा अधिकृत अर्जुन कुवरले बताए ।

बैशाख भित्रै जाच कार्य संपन्न गर्ने योजना रहेको उनले बताए । नियमित र ईक्जामटेड गरी झन्डै ५० हजार उत्तर पुस्तिका परिक्षणका कालागि आएको छ । उत्तर पुस्तिकाको परिक्षण पछि सम परिक्षण समेत गरिनेछ ।

प्रति उत्तरपुस्तिका २५ र सम परिक्षण गर्नेलाई प्रति उत्तरपुस्तिका बापत १० रुपैया पारिश्रमिक पाउने कुवरले बताए ।

सम्बन्धित् समाचार