काठमाडौं ।
म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । बर्नार्डो शिल्भाको एक मात्र गोल मद्दतमा चेल्सीलाई १-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।
लण्डनस्थित वेम्बलीमा भएको खेलमा बर्नार्डो शिल्भाले ८४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।








