गृहपृष्ठ कपिलवस्तु बिशेष बुद्धभूमिका ७२ कृषकलाई मिनि ट्रिलर वितरण

बुद्धभूमिका ७२ कृषकलाई मिनि ट्रिलर वितरण

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ७२ जना कृषकलाई मिनि ट्रिलर वितरण गरेको छ । चालु आर्थिक बर्षको साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगरका ७२ जना कृषकलाई मिनि ट्रिलर वितरण गरिएको कृषि शाखा प्रमुख देवीराम बेल्बासेले वैखरीलाई जानकारी दिए ।

उनले ४ जना कृषकलाई कर्नसेलर समेत वितरण गरिएको बताए । उनका अनुसार नगरपालिकाले किसानका लागि अनुदानका लागि मागको सूचना निकालेको थियो ।

किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि कृषि अनुदानमा सामग्री दिइएको बताए ।

नगरले हरेक बर्ष किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याउँदै आएको बताउँदै उनले किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा उपकरण दिइएको बताए ।

नगर उपप्रमुख मिरा थारुले अब कृषकहरुलाई कृषि विमाका कार्यक्रम पनि आवश्यक रहेको बताए । उनले कृषकको लागी सहज वातावरणको सिर्जना गर्न नगरपालिका लागी परेको बताईन् ।

परम्परागत कृषिलाई त्यागेर कृषिलाई आधुनिकिरणतर्फ लैजानुपर्ने उपप्रमुख थारुको भनाई छ ।

सम्बन्धित् समाचार